व्यासका मेयर न्यौपाने पहिलो बलमै आउट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    व्यासका मेयर न्यौपाने पहिलो बलमै आउट

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँ क्रिकेट सङ्घले आयोजना गरेको स्कूल लिग प्रतियोगिताको उद्घाटन गर्न मैदानमा उत्रिएका व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने पहिलो बलमै बोल्ड आउट भएका छन् ।

    खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेको बलिङमा न्यौपाने आउट भएका हुन । पहिलो बल नै स्टम्पमा ठोक्किएको थियो । पुनः दोस्रो बलिङ गरेका पाण्डेले न्यौपानेलाई क्याचआउट गराउन सफल भएका छन् ।

    सङ्घले विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित शुक्रबारदेखि स्कुल लिग क्रिकेट आयोजना गरेको हो । प्रतियोगितामा नौ विद्यालयको सहभागिता रहेको छ ।