तनहँु जिल्लास्तरीय भलिबल : शुक्लागण्डकी फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहँु जिल्लास्तरीय भलिबल : शुक्लागण्डकी फाइनलमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । व्यास नगरपालिका–३ मा जारी प्रतियोगिता अन्तर्गत आज भएको सेमिफाइनलमा भिमाद नगरपालिकालाई ३–१ सेटले हराउँदै शुक्लागण्डकी फाइनलमा प्रवेश गरेको हो ।

    शुक्लागण्डकीले भिमादलाई २५–१६, २५–२२, २५–१७ र २३–२५ मा हराउँदै फाइनल यात्रा गरेको हो । पहिलो सेट भिमादले जितेको थियो भने पछिल्ला तीन सेट लगातार शुक्लागण्डकीले जितेको सङ्घका महासचिव अशोक गिरीले जानकारी दिए ।

    दोस्रो सेमिफाइनल खेल भने हावाहुरी र वर्षाले प्रभावित भएको छ । घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाबीच भएको दोस्रो सेमिफाइनल खेल वर्षाले स्थगित भएको छ । उक्त खेल भोलि सञ्चालन गरिने जनाइएको छ ।

    शुक्लागण्डकी नगरपालिकासँग पराजित भएको भिमादले तेस्रो स्थानका लागि घिरिङ र ऋषिङबीचको उपविजेतासँग खेल्नेछ । उक्त खेल पनि भोलि नै सञ्चालन हुनेछ ।

    प्रतियोगितामा जिल्लाका आँबुखैरेनी गाउँपालिका बाहेक नौ वटा पालिकाको सहभागिता रहेको छ । सङ्घका अध्यक्ष पदम सुनारका अनुसार प्रतियोगितामा व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकाको सहभागिता रहेको छ ।

    प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख एक हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई रु ५१ हजार एक सयका साथमा ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई रु २५ हजार एक सय ११ नगदका साथ टफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका महाससचिव अशोक गिरीले जानकारी दिए । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट प्रशिक्षका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।