तनहुँ स्कूल क्रिकेट लिग: उदघाटन खेलमा सत्यवती विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ स्कूल क्रिकेट लिग: उदघाटन खेलमा सत्यवती विजयी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा सुरु तनहुँ स्कूल क्रिकेट लिग अन्तर्गतको उदघाटन खेलमा सत्यवती मावि विजयी भएको छ । नेपाल प्रहरीलाई माविलाई ३५ रनले हराउँदै सत्यवती विजयी भएको हो ।

    पहिले व्याटिङ गरेको सत्यवतीले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा १३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङ गरेको नेपाल प्रहरीले ११ ओभरमा १० विकेटको क्षतिमा ९८ रन मात्रै बनायो । जितसँगै सत्यवतीले दुई अंक जोडेको छ ।

    सत्यवतीका सुदिप शर्माले ४८, बादल श्रेष्ठले १७ र असिम क्षेत्रीले १४ रन बनाएका छन् ।नेपाल प्रहरीका दिपेन श्रेष्ठले ४३, सुनिल परियारले १७ र जोन प्रधानले १४ रन बनाए ।

    यस्तै दोस्रो खेल निर्मल मावि र वाराही माविबीच भएको दोस्रो खेल वर्षाका कारण स्थगित भएको छ । खेल स्थगित भएपछि दुवै टिमले एक/एक अंक बॉडेका छन् ।

    प्रतियोगितामा नौ विद्यालयको सहभागिता रहेको संघका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए ।