तनहुँ अन्तरपालिका भलिबल : घिरिङ फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ अन्तरपालिका भलिबल : घिरिङ फाइनलमा

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८१, शनिबार

    दमौली । तनहुँ भलिबल सङ्घको आयोजनामा दमौलीमा जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा घिरिङ गाउँपालिका फाइनल प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा ऋषिङ गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै घिरिङ फाइनल प्रवेश गरेको हो ।

    घिरिङले ऋषिङलाई ३-० सेटले पराजित गरेको छ । घिरिङले फाइनलमा शुक्लागण्डकी नगरपालिकासँग खेल्नेछ । फाइनल खेल शनिबार दिउँसो हुनेछ। भिमाद नगरपालिकालाई सेमिफाइनलमा पराजित गरी शु्क्लागण्डकी फाइनलमा पुगेको थियो ।

    तेस्रो स्थानका लागि भिमाद र ऋषिङबीच खेल हुनेछ ।