दमौली । तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा सोमबार दिउँसो ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित परिवारले सडक अवरुद्ध गरेका छन् ।
मुग्लिन पोखरा सडक आयोजनाको पानी हाल्ने ट्याङ्करको ठक्करबाट व्यास-१२ का २९ वर्षीय प्रविण कैनीको मृत्यु भएपछि पीडित परिवारले दमौली-घॉसीकुवा खण्ड अवरुद्ध गरेका हुन् ।
ट्याङ्कर चालकले जानी-जानी व्याक गरी मोटरसाइकल किचेको पीडित पक्षको आरोप छ ।