भारतमा सरकार बनाउन नीतिश र नायडु निर्णायक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा सरकार बनाउन नीतिश र नायडु निर्णायक

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८१, बुधबार

    काठमाडौं । सात चरणमा सम्पन्न १८ औं लोक सभा निर्वाचनबाट भारतमा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) बनेको छ । तर उसले मत सर्वेक्षणको नतिजा जस्तो एकल बहुमत हासिल गर्न भने सकेन ।

    भारतीय निर्वाचन आयोगका अनुसार भाजपा एक्लैले जम्मा २४० सिट जितेको छ । कांग्रेस एक्लैले ९९, समाजवादी पार्टी (सपा)ले ३७ र त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेका छन् । ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाउने तयारी गरेको छ ।

    भाजपालाई पूर्ण बहुमत हासिल गर्नबाट रोकेर सरकार गठनमा निर्णायक बनेका दुई नेताहरु हुन् बिहारका मुख्यमन्त्री एवम् जनता दल युनाइटेड (जदयु)का प्रमुख नीतिश कुमार र तेलगु देशम पार्टी (टीडीपी)का अध्यक्ष चन्द्रबाबु नायडु ।

    भाजपाका नेताहरुले यी दुई नेताहरुसँग सत्ता साझेदारीका लागि सम्वाद सुरु गरिसकेका छन् । भारतीय मिडियाहरुका अनुसार उनीहरुसँग ५ जुन (बिहीबार) बैठक बस्ने तय भइसकेको छ ।

    टीडीपीसँग १६ र जदयुसँग १२ गरी कुल २८ सिट छ । यो संख्यालाई गठबन्धन सरकार गठनमा निर्णायक मानिएको छ । यदि उनीहरु भाजपा नेतृत्वको एनडीए गठबन्धनमा सामेल नभए सरकार गठनका लागि बहुमत पुग्दैन । किनकी एनडिए गठबन्धनसँग जम्मा २६४ सिट हुन्छ । सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ ।

    सन् २०१९ मा पहिलोपटक चन्द्रबाबु नायडुले एनडीए गठबन्धन विरुद्ध सबै विपक्षी पार्टीलाई एकजुट बनाउने कोसिस गरेका थिए ।