


तनहुँ, १३ असोज । इलाका प्रहरी कार्यालय आबुखैरेनी, तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदी २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले सुवेदीलाई संगठनको नीति–निर्देशनअनुसार जिम्मेवारी तथा पदीय दायित्व इमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरेको हो।
सुवेदीको नेतृत्वमा भदौ महिनामा विभिन्न प्रकारका अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको थियो। यस्तै, भोटेकोशी बाढीमा परी मृत्यु भएका ३८ जनाको शव निकाल्ने कार्य, फरार प्रतिवादी पक्राउ तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।