यु-१५ विद्यालय खेलकुद : एथलेटिक्समा तनहुँलाई विभिन्न पदक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यु-१५ विद्यालय खेलकुद : एथलेटिक्समा तनहुँलाई विभिन्न पदक

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८१, बिहीबार

    दमौली। पोखरामा सुरु यु-१५ विद्यालय खेलकुद प्रतियोगिता प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा एथलेटिक्सतर्फ तनहुँका खेलाडीले विभिन्न पदक जितेका छन् ।

    तनहुँका अंकित रानाभाट चार सय मिटर दौडमा प्रथम, रजत तिवारी दुई सय मिटर दौडमा द्वितीय, चार सय मिटर रिले दौडमा छात्रतर्फ अंकित रानाभाट, सुमन थापा, रजत तिवारी, कृष्ण शर्मा द्वितीय भएका छन् ।

    त्यस्तै रजत तिवारी एक सय मिटर दौडमा तृतीय, कृष्टि विक आठ सय मिटर दौडमा तृतीय, जानुका कुमाल दुई सय मिटर दौडमा तृतीय भएका छन् ।

    त्यस्तै चार सय मिटर रिले दौडमा जेनिसा गुरुङ, जानुका कुमाल, सोममाया कुमाल र रश्मी खड्की तृतीय भएका छन् ।