सुदीपको अभियान : छ दिनमा दुई हजारलाई निःशुल्क खाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुदीपको अभियान : छ दिनमा दुई हजारलाई निःशुल्क खाना

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८१, बिहीबार

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आएका दुई हजार ज्येष्ठ नागरिकलाई निःशुल्क खाना खुवाइएको छ । दमौलीका युवा अभियान्ता सुदीप गफ्फारको अभियान अन्तर्गत गत शुक्रबारदेखि आज बिहीबारसम्म एक हजार नौ सय ७० जनालाई निःशुल्क खाना खुवाइएको हो ।

    राष्ट्रिय परिचयपत्रका लागि बिहान ६ बजेदेखि आएर बस्ने ज्येष्ठ नागरिकले धेरै समय पालो कुर्नुपर्ने र खाना खाने समय नमिल्ने भएकाले कार्यालय नजिकैको चौतारामा निःशुल्क खाना खाने व्यवस्था मिलाइएको छ ।

    अभियान्ता गफ्फारका अनुसार शुक्रबार ९०, आइतबार तीन सय, सोमबार तीन सय ५०, मंगलबार तीन सय ७५, बुधबार चार सय ८० र बिहीबार तीन सय ७५ जनालाई निःशुल्क खाना खुवाइएको छ ।

    उनले भने, “सेवा लिन आउने बुबाआमाहरु भोकभोकै बस्नुपरेको अवस्था रहेछ, शुक्रबारदेखि सेवा लिन आउने बुबाआमालाई जति जना जहाँबाट आएपनि सम्पूर्णलाई खाना खुवाउने व्यवस्था मिलाएको छु ।” उनको अभियानमा नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस, लियो क्लव अफ तनहुँ लगायतले प्रत्यक्ष सहयोग गरिरहेका छन् ।