स्कूटरको ठक्करबाट तालघरेमा महिलाको मृत्यु : पहिचान खुलेन, स्कूटरकाे खाेजी हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्कूटरको ठक्करबाट तालघरेमा महिलाको मृत्यु : पहिचान खुलेन, स्कूटरकाे खाेजी हुँदै

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८१, बिहीबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज राति स्कूटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । राति करिब ८ बजेतिर स्कूटरको ठक्करबाट घाइते महिलाको दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    अन्दाजी ५०÷५५ वर्षीया महिलाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक दिलीपकुमार हुमागाइँले दिए । ठक्कर दिने स्कूटरको पनि पहिचान नभएको उनकाे भनाइ छ । उनले भने, “स्कूटरले महिलालाई ठक्कर दिएको भागेको अवस्था छ, हामी खोजी गर्दैछौ ।”