ऑबुखैरेनीमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८१, शनिबार

    दमौली। ऑबुखैरेनी स्रष्टा समाजको आयोजनामा शनिबार एक कार्यक्रमका बीच स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

    “कला साहित्य संस्कृतिको सम्मान, हाम्रो अभियान”भन्ने नाराका साथ स्थापना भएको आबुखैरेनी स्रष्टा समाजले विभिन्न विधागत पुरस्कारहरू समर्पण गरेको हो।

    संस्थाका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार/पत्रकार मोहन दुवाल रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि आबुखैरेनी गाउँपालिकाका प्रमुख शुक्र चुमान, साहित्यकार नरनाथ लुइटेल,अम्बिका अर्याल,माणिकरत्न शाक्य रहेका थिए।

    कार्यक्रममा ऑबुखैरेनी बाङमय पुरस्कार कवि गौरी दाहाल (देवकोटा) लाई प्रदान गरिएको छ । इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार शिवहरि नेपाल (बैरागी) लाई साथै समाजसेवामा सक्रिय व्यक्तित्वलाई प्रदान गरिने पुरस्कार कृष्णदास चेत कुमारी पुरस्कार डोल वहादुर थापालाई प्रदान गरिएको छ ।

    यसैगरी महेश कुमार श्रेष्ठ प्रतिभा पुरस्कार आबुखैरेनी क्याम्पसमा व्यवस्थापन संकाय तर्फ २०७८ सालमा सर्वोकृष्ट हुन सफल यसमाया थापा र वर्ष २०७९ मा व्यवस्थापन संकायतर्फ उत्कृष्ट मेलिना भट्टलाई प्रदान गरिएको थियो। आबुखैरेनी क्याम्पसको शिक्षा संकाय तर्फ सर्वोत्कृष्ट अङ्क ल्याउन सफल २०७८ सालमा ओम माया मगर र वर्ष २०७९ सालमा सर्वोकृष्ट उषा थापा मगर लाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको थियो।

    पुरस्कार छनौट समितिका संयोजक तेज विलाश अधिकारीले पुरस्कृतहरूको नाम छनोट गर्नु निकै जिम्मेवारीपूर्ण रहेको र यसलाई निर्वाह गर्न सम्पूर्णको साथ आवश्यक रहेको जानकारी गराए ।

    कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मोहन दुवालले साहित्यिक श्रष्टाहरूमा नयाँ सिर्जनाहरू सुन्नमा धैर्यता नरहेको साथै मपाई प्रवृत्तिको हावी रहेको धारणा राखे ।

    संस्थाका अध्यक्ष अनिल श्रेष्ठले साहित्यिक संस्थाहरू एकअर्काका परिपूरक भएर अगाडि बढ्नुपर्ने बताए।