व्यासका मेयर न्यौपानेको पेशी आज पनि, के होला आज ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका मेयर न्यौपानेको पेशी आज पनि, के होला आज ?

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८१, सोमबार

    दमौली । व्यास नगरपालिकाका मेयप वैकुण्ठ न्यौपानेले सर्वोच्चमा दायर गरेको रिटमा आज पनि पेशी तोकिएको छ । व्यास नगरप्रमुखको पुन मतगणना गर्न उच्च अदालत पोखराले दिएको आदेश विरुद्ध न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    सोमबार न्यायाधीश प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा उक्त पेशी परेको छ । यसअघि आइतबार पनि पेशी तोकिएकामा हेर्न नभ्याइनेमा पुगेको थियो ।

    व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले मतगणना बदर गरी पुन: मतगणना गरी पाउँभनी उच्च अदालतमा रिट दर्ता गरेका थिए । उच्चले असार २ गते पुन: मतगणना गर्न आदेश दिएको छ ।