अक्सिजन सिलिण्डर सहित वृद्धा सेवा लिन लाइनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अक्सिजन सिलिण्डर सहित वृद्धा सेवा लिन लाइनमा

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८१, सोमबार

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सोमबार अक्सिजन सिलिण्डर सहित एक महिला सेवा लिन लाइनमा बसेकी छन् । राष्ट्रिय परिचय पत्रमा नाम दर्ता गराउन आएकी वृद्धा अक्सिजन सिलिण्डर सहित नै लाइनमा बसेर सेवा लिएकी हुन् ।

    राष्ट्रिय परिचयपत्रका लागि प्रशासनमा अहिले दैनिक सयौको भीड लाग्ने गरेको छ । लाइन बसेका सबैले सेवा पाउने अवस्था छैन ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले ती सेवाग्राहीलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिएको जानकारी दिए । ‘सेवाग्राहीको चापले समस्या भएको छ । अब पालिकागत बार निर्धारण गरेर सेवा दिने की भन्ने छलफल गरिएको छ ।’

    तस्बिर : दिपजंग क्षेत्री