एमाले भिमादको अध्यक्षमा पुनः इमान थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले भिमादको अध्यक्षमा पुनः इमान थापा

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८१, मंगलवार

    दमाैली । नेकपा (एमाले) भिमाद नगर कमिटीको अध्यक्षमा पुनः इमान थापा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानबाट एक सय ८६ मत प्राप्त गरी थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    अध्यक्षका प्रतिस्पर्धी उज्वल खनालले ८९ मत प्राप्त गरेका छन् । इमान यसअघि पनि अध्यक्ष थिए ।

    नगर कमिटीको उपाध्यक्षमा चर्तुभुजु सुवेदी विजयी भए । उनले एक सय ६५ मत प्राप्त गरे । प्रतिस्पर्धी निमकान्त पौडेलले ७० मत प्राप्त गरे । महिला उपसचिवमा नारायणी गैह्रे एक सय ६९ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी चन्द्रावती श्रेष्ठले ६१ मत प्राप्त गरिन् ।

    सचिवमा भिमसेन थापा र उपसचिवमा दिनेश थापा निर्विरोध निर्वाचित भएका थिए ।