व्यासकाे पुनमतगणना प्रकरण : आज पनि पेशी, पालाे पाउला त ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासकाे पुनमतगणना प्रकरण : आज पनि पेशी, पालाे पाउला त ?

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८१, मंगलवार

    दमाैली । व्यास नगरपालिकाकाे पुन मतगणना गर्न उच्च अदालतकाे आदेश विरुद्ध सर्वाेच्च पुगेका मेयर वैकुण्ठ न्याैपानेले दायर गरेकाे रिट आज मङ्गलबार पनि पेशी चढेकाे छ । आइतबार र साेमबार हेर्न नभ्याइनेमा पुगेकाे उक्त रिट तेस्राे दिन पनि पेशी चढेकाे हाे ।

    सर्वाच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र टेकप्रसाद ढुङ्गानाकाे इजलासमा उक्त पेशी परेकाे छ ।

    व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जाेशीले मेयरकाे मतगणना बदर गरी पुन मतगणना गरी पाउँ भनी उच्च अदालत पाेखरामा दर्ता गरेकाे रिटमा अदालतले असार २ गते मतगणना गर्न आदेश दिएकाे छ । उक्त आदेश राेक्न माग गर्दै मेयर न्याैपाने सर्वाेच्च पुगेका थिए ।

    दुई पटक हेर्ने नभ्याइने भएकाे उक्त रिटकाे पेशी आज के हुन्छ भन्ने निकै चासाे रहेकाे छ ।