बन्दीपुर केबलकारको ‘ड्राइभ इन’ रेष्टुरेण्टमा प्रभुका ग्राहकलाई दश प्रतिशत छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्पोरेट

    बन्दीपुर केबलकारको ‘ड्राइभ इन’ रेष्टुरेण्टमा प्रभुका ग्राहकलाई दश प्रतिशत छुट

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । बन्दीपुर केबलकारको बटम स्टेशनमा रहेको ‘ड्राइभ इन’ रेष्टुरेण्टमा प्रभु बैङ्कका ग्राहकले दश प्रतिशत छुट पाउने भएका छन् ।

    बन्दीपुर-४ मा अवस्थित उक्त रेष्टुरेण्टमा प्रभुका ग्राहकले रेष्टुरेण्ट सेवामा दश प्रतिशत छुट पाउने भएका छन् । त्यसका लागि बैङ्कले केबलकारसँग सम्झौता गरेको छ ।

    केबलकारको बटम स्टेशनमा अत्याधुनिक सुविधा सहितको रेष्टुरेन्ट ‘ड्राइभ इन’ वैशाख १ देखि सञ्चालनमा आएको थियो । केबलकार पनि बिहीबारदेखि व्यावसायिक रुपमा खुल्ला गरिएको छ ।