चार हजार जनालाई निःशुल्क खाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चार हजार जनालाई निःशुल्क खाना

    खबरपुञ्ज संवाददाता

    १ असार २०८१, शनिबार

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आएका करिब चार हजार ज्येष्ठ नागरिकलाई निःशुल्क खाना खुवाइएको छ । गफ्फारको अभियान अन्तर्गत जेठ जेठ १८ गते शुक्रबारदेखि हिजो शुक्रबारसम्म चार हजार ५५ जनालाई निःशुल्क खाना खुवाइएको छ । 

    राष्ट्रिय परिचयपत्रका लागि बिहान ६ बजेदेखि आएर बस्ने ज्येष्ठ नागरिकले धेरै समय पालो कुर्नुपर्ने र खाना खाने समय नमिल्ने भएकाले कार्यालय नजिकैको चौतारामा निःशुल्क खाना खाने व्यवस्था मिलाइएको छ ।

     अभियान्ता गफ्फारका अनुसार जेठ १८ गते शुक्रबार ९०, जेठ २० गते आइतबार तीन सय, जेठ २१ गते सोमबार तीन सय ५०, जेठ २२ गते मङ्गलबार तीन सय ७५, जेठ २३ गते बुधबार चार सय ८०, जेठ २४ गते बिहीबार तीन सय ७५, जेठ २५ गते शुक्रबार ४०, जेठ २७ गते आइतबार पाँच सय ९५, जेठ २८ गते सोमबार तीन सय ४५ जनालाई निःशुल्क खाना खुवाइएको छ ।

     त्यस्तै जेठ २९ गते मङ्गलबार तीन सय ४५, जेठ ३० गते बुधबार तीन सय ४० , जेठ ३१ गते बिहीबार तीन सय, जेठ ३२ गते शुक्रबार एक सय २० जनालाई निःशुल्क खाना खुवाइएको छ ।  

    उनले भने, “सेवा लिन आउने बुबाआमाहरु भोकभोकै बस्नुपरेको अवस्था रहेछ, शुक्रबारदेखि सेवा लिन आउने बुबाआमालाई जति जना जहाँबाट आएपनि सम्पूर्णलाई खाना खुवाउने व्यवस्था मिलाएको छु ।”

    दैनिक खाना बनाउन तथा वितरणका लागि साथीभाईले ठूलो सहयोग गरिरहेको उनको भनाइ छ ।

    सुरुमा आफै एक्लै यो अभियानमा लागेपनि अहिले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले हातेमालो गरेको उनले बताए । “मलाई देश तथा विदेशमा रहनुभएका शुभचिन्तकहरुले खानाको व्यवस्थापनका लागि आर्थिक सहयोग गरिरहनुभएको छ । प्रशासनमा जबसम्म भीड हुन्छ र यो समस्या रहन्छ तबसम्म निःशुल्क खाना खुवाइरहनेछ ।”