म्याग्दे महोत्सवमा आइतबार लाहुरे आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे महोत्सवमा आइतबार लाहुरे आउने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । म्याग्दे गाउँपालिका-४ थर्पुमा जारी प्रथम म्याग्दे महोत्सवमा आइतबार लाहुरे आउने भएका छन् । युवामाझ निकै लोकप्रिय आशिष राना (लाहुरे) आइतबारको प्रमुख आकर्षण हुन् ।

    विशेष गरेर युवा पुस्तामाझ निकै लोकप्रिय मानिने लाहुरे हिपहप विधामा प्रख्यात छन् । लाहुरेको आगमनले यहॉका पुस्ताले भरपुर मनोरञ्जन लिन सक्ने महोत्सव संयोजक गौरवरराज रानाले जानकारी दिए ।

    थर्पु युवा क्लवले आयोजना गरेको महोत्सवमा हरेक दिन राष्ट्रिय स्तरका कलाकारबाट प्रस्तुती भइरहेको छ ।