व्यास पुनः मतगणना : न्यौपानेको रिट प्रकाश ढुङ्गाना र विनोद शर्माको इजलासमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास पुनः मतगणना : न्यौपानेको रिट प्रकाश ढुङ्गाना र विनोद शर्माको इजलासमा

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    दमाैली । व्यास नगरपालिकाको पुनः मतगणना गर्ने उच्च अदालत पोखराको फैसला विरुद्ध सर्वाेच्चमा मुद्धा दर्ता गरेका वैकुण्ठ न्यौपानेको रिटमा आइतबार पेशी छ । उक्त रिट सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र विनोद शर्माको इजलासमा तोकिएको छ ।

    यसअघि जेठ २७, २८ र २९ गते हेर्न नभ्याइने परेको उक्त रिटको आइतबारलाई पेशी सरेको थियो ।

    उक्त रिटको सुनुवाइ सर्वोच्चमा प्राथमिकतामा नपरेपछि नगरप्रमुख न्यौपानेले गत जेठ २९ गते उच्च अदालत पोखरामै निवेदन दिएका थिए । उक्त निवेदन उपर सर्वोच्च अदालतले रजिष्टारलाई निर्णय गर्न आदेश दिएको थियो । रजिष्टारले ३२ गते सर्वोच्चमा परेको रिटको किनारा नलागेसम्मका लागि पुनः मतगणना स्थगित गर्न आदेश दिएका छन् ।