ऑबुखैरेनीमा भोलि तीन घण्टा विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा भोलि तीन घण्टा विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    दमौली । तनहुँको ऑबुखैरेनीमा भोलि सोमबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ । ऑबुखैरेनीस्थित ३३/११ केभी सवस्टेशन पुनसंरचना गर्ने क्रममा नयॉ जडान भएका १६.६ एमभिएको ट्रान्सफर्मरलाई नो लोडमा चार्ज गरी नयॉ सञ्चालनमा ल्याउन बिहान ९ देखि १२:३० सम्म विद्युत अवरुद्ध हुन लागेको हो ।

    उक्त ट्रान्सफर्मरसँग सम्बन्धित इन्कमर, फिडरहरुको सर्किट ब्रेकर जडान र बल कप्लर जडान लगायत अन्य मर्मत कार्य गर्नुपर्ने भएकाले आँबुखैरेनी सवस्टेशनबाट वितरित सम्पूर्ण विद्युत लाईन अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।