शुक्लागण्डकी नगरपालिकामा समिक्षा गोष्ठिमा अनियमितता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिकामा समिक्षा गोष्ठिमा अनियमितता

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा समिक्षा गोष्ठिमा एक लाख अनियमितता भएको भेटिएको छ ।

    नगरपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेको समिक्षा गोष्ठिमा एक लाख पाँच हजार तीन सय अनियमितता भएको हो ।

    नगरपालिकाको तालिम, गोष्ठि, कार्यशाला तथा अध्ययन भ्रमण खर्च सम्बन्धी निर्देशिका २०७६ बमोजिम मितव्ययी ढङ्गले कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । पालिकाले गो.भौ.नं. ३८३ मिति २०७९।१०।२४ बाट कार्यालयको आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक समिक्षा गोष्ठिका लागि मिति २०७९।१०।७ र ८ गते दुई दिन समिक्षा गोष्ठिमा रु दुई लाख २३ हजार आठ सय ६० खर्च लेखेको थियो ।

    सार्वजनिक खरिद नियमावली २०६४ को नियम १९ अनुसार बीस हजारभन्दा माथिको खरिद गर्दा स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट मात्र खरिद गर्नुपर्ने व्यवस्था छ । पालिकाले अर्धवार्षिक समिक्षा गोष्ठिका लागि २०७९।१०।२४ बाट ल्यापटप व्याग २७ थान तीन हजार नौ सयका दरले शिव सुन्दर फेन्सी स्टोर्स तनहुँको बिल नं. १७८, १७९, १८०, १८४, १८५, १८६ बाट रु एक लाख पाँच हजार तीन सयको सामान मूल्य अभिवृद्धि करमा दर्ता नभएको फर्मबाट खरिद गरी वितरण गरेको थियो ।