जङ्गली च्याउ खॉदा तनहुँको ऑबुखैरेनीमा पॉच बिरामी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    जङ्गली च्याउ खॉदा तनहुँको ऑबुखैरेनीमा पॉच बिरामी

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८१, सोमबार

    दमौली । जङ्गली च्याउ खॉदा तनहुँको ऑबुखैरेनीमा आइतबार पॉच जना बिरामी भएका छन् ।

    आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिल बहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खॉदा उनी सहित पॉच जना बिरामी परेको प्रहरीले जनाएको छ ।

    प्रहरी नायब उपरिक्षक दीपककुमार रायका अनुसार ५७ वर्षीया मधु गुरुङ र डिलबहादुरको चितवनमा उपचार भइरहेको छ ।

    त्यस्तै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपति गुरुङ र ५८ वर्षीया पम्फी गुरुङको ऑबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।