दमौलीमा मनाइयो बकर इद (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा मनाइयो बकर इद (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८१, सोमबार

    दमौली । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज दमौलीमा मनाइएको छ । दमौलीस्थित नुरी हन्फी जामे मस्जिदमा सामूहिक नमाज पढेर शुभकामना आदानप्रदान सहित बकर इद मनाइएको हो ।

    इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

    मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले खबरपुञ्जलाई जानकारी दिए।