शुक्लागण्डकीमा योजना अनुगमन गरेबापत चालकलाई पनि भत्ता, असुल गर्न मलेपको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा योजना अनुगमन गरेबापत चालकलाई पनि भत्ता, असुल गर्न मलेपको निर्देशन

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८१, बुधबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजनाको अनुगमन गरेबापत सवारी चालकलाई समेत भत्ता दिने गरेको खुलेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा विभिन्न योजनाको अनुगमन गरेको भन्दै चार जना सवारी चालकलाई रु २६ हजार तीन सय ३० भत्ता वितरण गरेको हो ।

    रामकुमार श्रेष्ठलाई १८ दिनको १५ हजार तीन सय, कुलराज मल्ललाई ११ दिनको ९ हजार तीन सय ५०, भरत श्रेष्ठलाई १ दिनको आठ सय ५० र नरेन्द्र गुरुङलाई १ दिनको आठ सय ५० भत्ता दिएको छ ।

    सवारी चालकहरुले अनुगमन गरी प्रतिवेदन गर्न नसक्ने सम्बन्धमा विचार नपु¥याइ अनुगमन भत्ता खर्च गरेकाले नपाउने अनुगमन भत्ता असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ ।

    स्थानीय सरकारी सञ्चालन ऐन, २०७४ ले स्थानीय स्तरका योजनाको अनुगमन सुपरिवेक्षण गर्नका लागि पालिकाको उपप्रमुखको संयोजकत्वको समितिले गर्ने र सोको प्रतिवेदन तयार गरी पेश गर्ने उल्लेख छ ।