घुमाउने पुलबारे गृहमन्त्रीको उपस्थितिमा छलफल, समस्याको समाधानका लागि पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    घुमाउने पुलबारे गृहमन्त्रीको उपस्थितिमा छलफल, समस्याको समाधानका लागि पहल

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८१, बुधबार

    दमौली। तनहुँको ऑबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेस्थित मर्स्याङ्दीमा निर्माण सुरु भएर अलपत्र भएको पुलबारेमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा छलफल गरिएको छ ।

    दश वर्ष पहिला निर्माण सुरु भएर अलपत्र बनेको पुलका विषयमा तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेको पहलमा बुधबार लामिछानेको उपस्थितिमा बैठर बसेर छलफल गरिएको हो।

    छलफलमा सडक विभागका महानिर्देशर रामहरि पोखरेल, पुल शाखाका प्रमुख ललितजन खनाल, डिभिजन सडक कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवाली र इ. श्रीराम न्यौपाने सहभागी थिए ।

    निर्माण व्यवसायी मृत सञ्जीवनीले दुईवटा पिल्लर लगायत ४५ प्रतिशत काम सम्पन्न गरेता पनि नदीमाथि आर्चको मुख्य जिम्मेवारीमा प्रगति नभएकोले दुई तीनवटा विकल्पमा छलफल गरिएको सांसद वाग्लेले जानकारी दिए । उनले भने, ‘दुरगामी हल अब छिट्टै ।’