ऑबुखैरेनीमा लागुऔषध सहित धनुषाका दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा लागुऔषध सहित धनुषाका दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    ७ असार २०८१, शुक्रबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ वेनीटारबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । धनुषाबाट पोखरा आउँदै गरेको स ६ प २९३७ नम्बरको मोटरसाइकल जॉच गर्दा लागुऔषध सहित दुई जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१० का २० वर्षीय सुमित कुमार साह र जनकपुर-१७ का ३० वर्षीय दिपुकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    निजको साथबाट ८८५ पत्ता नाइट्राभेट र २८ थान नाइट्राजेपाम बरामद भएको छ । निजहरु उपर तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए ।