गफ्फारको नेतृत्वमा दमौली घाट आसपास सरसफाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गफ्फारको नेतृत्वमा दमौली घाट आसपास सरसफाइ

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८१, शनिबार

    दमाैली । युवा अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा शनिबार व्यास नगरपालिका–३ स्थित दमौली घाट आसपास सरसफाइ गरिएको छ ।

    ज्येष्ठ नागरिकलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिरहेका उनले शनिबार बिहानै दमौली घाट आसपास पुगेर सरसफाइ गरेका हुन् । उनको अभियानमा युवा व्यवसायी प्रकाशचन्द्र हड्खले, सलिम मियाँ, प्रकाश श्रेष्ठ लगायतले साथ दिएका छन् ।

    May be an image of 3 people and grass
    May be an image of 2 people

    बुल्दी खोला सरसफाइ अभियान सञ्चालन गरिरहेका उनले महिनाको अन्तिम शनिबार बुल्दीखोला सरसफाइ गर्ने घोषणा गरेका थिए । सोही समयमा ज्येष्ठ नागरिकलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन भएकाले अन्तिम शनिबार सरसफाइ गर्न नसकिएकाले आज बिहानै पुगेर सरसफाइमा जुटेका हुन् ।