जङ्गली च्याउ खाँदा बिरामी हिलेखर्ककी गुरुङकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    जङ्गली च्याउ खाँदा बिरामी हिलेखर्ककी गुरुङकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८१, शनिबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ८५ वर्षीया द्रोणपति गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए ।

    अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । गत असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।