मोहन बतास फाउण्डेशनको डान्स च्याम्पियन तनहुँको उपाधि जिरो स्टाइललाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मोहन बतास फाउण्डेशनको डान्स च्याम्पियन तनहुँको उपाधि जिरो स्टाइललाई

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८१, शनिबार

    दमौली । मोहन बतास फाउण्डेशनले आयोजना गरेको तनहुँ डान्स च्याम्पियनको उपाधि जिरो स्टाइलले जितेको छ । दमौलीमा शनिबार सम्पन्न भएको फाइनलमा जिरो स्टाइल प्रथम हुँदै डान्स च्याम्पियनको उपाधि जितेको हो ।

    प्रतियोगितामा रामज्योति ग्रुप द्वितीय र इलाइट ग्रुप तृतीय भएको छ । उपाधिसँगै प्रथम भएको जिरो स्टाइलले नगद रु एक लाख प्राप्त गरेको छ । द्वितीय भएको रामज्योतिले रु ५० हजार र तृतीय भएको इलाइटले रु २० हजार नगद प्राप्त गरेको छ ।

    प्रतियोगिताको फाइनलमा १५ टोली पुगेका थिए ।

    विजेतालाई तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगितामा रेनेशा राई, आश्मा वि़श्वकर्मा, दिपेन्द्र शाही ठकुरी लगायतले निर्णायकको भूमिका निभाएका थिए ।

    युवायुवतीमा भएको नृत्य प्रतिभा प्रस्फूटन गराउने उद्धेश्यसहित जिल्लामै पहिलो पटक ठूलो राशीको कार्यक्रम गरिएको फाउण्डेशनका संरक्षक मोहन बतासले बताए ।