म्याग्दे गाउँपालिकाको बजेट रु ६७ करोड ४९ लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाको बजेट रु ६७ करोड ४९ लाख

    खबरपुञ्ज संवाददाता

    १० असार २०८१, सोमबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु ६७ करोड ४९ लाख २९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँसभाको दोस्रो बैठकमा साेमबार बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बालकृष्ण घिमिरेले आगामी वर्षका लागि उक्त बजेट अनुमानित गरिएको उल्लेख गरे।

    विनियोजित बजेटमध्ये चालुतर्फ रु ४४ करोड ८४ लाख २९ हजार र पुँजीगततर्फ रु २२ करोड ६५ लाख अनुमान गरिएको घिमिरेले बताउनुभयो । त्यसमध्ये चालुतर्फ रु ६६ दशमलब ४५ र पुँजीगततर्फ ३१ दशमलब ३१.५५ प्रतिशत विनियोजन गरिएको छ ।