व्यास नगरपालिकाको बजेट रु दुई अर्ब चार करोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यास नगरपालिकाको बजेट रु दुई अर्ब चार करोड

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८१, मंगलवार

    दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ लागि रु दुई अर्ब चार करोड ९३ लाख ६७ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सोमबार आयोजित ४१ औं नगरसभामा उपप्रमुख इन्दिरा दरैले आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरिन् ।

    त्यसमध्ये चालुतर्फ रु ९५ करोड ७३ लाख ५६ हजार र पुँजीगततर्फ रु एक अर्ब नौ करोड २० लाख विनियोजन गरिएको दरैले जानकारी दिइन् । कूल बजेटमध्ये चालुतर्फ ४६ दशमलब ७१ प्रतिशत र पुँजीगततर्फ ५३ दशमलब २९ प्रतिशत बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

    उक्त आर्थिक वर्षका लागि आर्थिक विकासतर्फ रु पाँच करोड पाँच लाख, सामाजिक विकासतर्फ र ६९ करोड १९ लाख, पूर्वाधार विकासतर्फ रु ९८ करोड २६ लाख, वातावरणतर्फ रु पाँच करोड ३३ लाख, संस्थागत विकासतर्फ रु २४ करोड नौ लाख विनियोजन गरिएको दरैले उल्लेख गरिन् ।

    आम्दानीतर्फ सङ्घ सरकारको सशर्त अनुदानबाट रु ५८ करोड ३१ लाख, पुँजीगत अनुदानबाट रु ५७ करोड ९९ लाख, वित्तीय समानीकरणबाट रु १८ करोड, आन्तरिक आम्दानीबाट रु १८ करोड, राजश्व बाँडफाँटबाट रु १६ करोड, नगर विकास कोषबाट रु १६ करोड, प्रदेश वित्तीय समानीकरणबाट रु दुई करोड, राजश्व बाँडफाँटबाट रु दुई करोड ७१ हजार प्राप्त हुने अनुमान गरिएको दरैको भनाइ छ ।

    नगरपालिकाले कृषि, शिक्षा, पर्यटन, सडक र खानेपानीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको उपप्रमुख दरैले बताइन् ।