पत्रकार महासंघ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार महासंघ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८१, मंगलवार

    दमौली । नेपाल पत्रकार महासंघ तनहुँले विभिन्न पत्रकारिता पुरस्कारका लागि पुरस्कृत व्यक्तित्व छनोट गरेको छ । महासंघको मंगलबार सम्पन्न बैठकले महासंघ मातहतका विभिन्न शीर्षकका पत्रकारिता पुरस्कारबाट जिल्लाका क्रियाशील पत्रकारलाई पुरस्कृत गर्न छनौट गरिएको हो ।

    मुक्तीनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेललाई पुरस्कृत गरिने भएको सचिव प्रताप रानाले जानकारी दिए ।

    भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार मदन वाग्ले, सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार रामबहादुर घले, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार अन्जना तिमल्सेना, सांसद कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार कृष्ण न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय भएको सचिव रानाले बताए ।

    त्यस्तै उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार राजीवलाल श्रेष्ठ र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट सम्झना रसाइलीलाई पुरस्कृति गरिनेछ । सुरज गुरुङ स्मृति पुरस्कार रु.पाँच हजार र अन्य सबै पुरस्कारको रकम रु. १० हजार रहेको महासंघले जनाएको छ ।

    महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुस्कृत गर्न स्थापित विभिन्न पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । यही असार १८ गते नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १४औं साधारणसभाको अवसरमा छनोट भएका पत्रकारलाई पुरस्कृत गरिने अध्यक्ष उज्वल पौडेलले जानकारी दिए ।