कार्यकारी सम्पादक न्यौपानेलाई भर्लेली केबलबहादुर पत्रकारिता पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कार्यकारी सम्पादक न्यौपानेलाई भर्लेली केबलबहादुर पत्रकारिता पुरस्कार

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८१, मंगलवार

    दमौली । खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं सञ्चालक कृष्ण न्यौपानेलाई भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

    नेपाल पत्रकार महासंघ तनहुँमा स्थापित उक्त पुरस्कार न्यौपानेलाई प्रदान गरिने भएको हो । महासंघको मंगलबार बसेको बैठकले शाखामा रहेका सात वटा पुरस्कारका लागि पत्रकार छनोट गरेको छ ।

    सांसद कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित उक्त पुरस्कारको राशी दश हजार रहेको छ । श्रेष्ठले स्वर्गीय बुबा केवलबहादुर श्रेष्ठको स्मृतिमा महासंघमा उक्त पुरस्कार स्थापना गरेका थिए ।