२४ घण्टामा प्राकृतिक विपदका घटनामा परेर देशभरमा १४ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा प्राकृतिक विपदका घटनामा परेर देशभरमा १४ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८१, बुधबार

    काठमाडौं । प्राकृति विपद्का घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भारी वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरोबाट ८ जनाको, चट्याङबाट ५ जना र बाढीबाट १ जना गरेर १४ जनाको मृत्यु भएको हो ।

    जसमा लमजुङको क्व्होलासोथार गाउँपालिका ३ बगुम स्थित अविरल बर्षाको कारण पहिरो जादाँ ३ वटा घर पुरिदा ६७ वर्षका एक पुरुष, ३६ वर्षका एक महिला, ४ र ८ वर्षका दुई जना बालिकाको मृत्यु भएको छ ।यस्तै अबिरल बर्षाका कारण ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ५ थुम्की स्थित एक गोठ पहिरोले पुरिदा ३५ वर्षका एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ भने जमजुङको दोर्दी गाउँपालिका ९ धैरेनी स्थित एक घरमाथि पहिलो आएर घरभित्र सुतिरहेको अवस्थामा पहिरोले पुरिएर १८ वर्षका एक पुरुष घाईते भएकोमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ ।

    प्राधिरकरणका अनुसार कास्कीको मादी गाउँपालिका ५ चितेपानी घुम्ती स्थित एक घरको पछाडी पट्टीको माटोको ढिस्को खस्दा घरको पछाडी पट्टीको भाग पुरिदाँ कोठामा सुतेका १३ वर्षका बालिका मृत अवस्थामा फेला परेका छन् भने कास्कीकै पोखरा महानगरपालिका २७ आरुपाटा स्थित एक घरमा अविरल वर्षाका कारण माथिबाट ढिस्को खस्दा घरमा सुतिरहेका ३ वर्षका एक बालको मृत्यु भएको छ । यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका ५ गौशला स्थित बुढीखोलामा माछा मार्ने क्रममा अविरल वर्षासँगै आएको बाढी बगाएरले एक जनाको मृत्यु भएको छ 

    झापाको गौरीगंज गाउँपालिका ८ का ४२ वर्षका एक पुरुषको खेतबारीमा धानको बिउ उखेल्ने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ भने झापाकै कमला गाउँपालिका २ समाईगढ बस्ने ४६ वर्षका एक पुरुष आफ्नै घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङ लागेर घाइते भएकोमा उपचारका लागि आम्दा अस्पताल लगिएकोमा मृत्यु भएको छ ।

    यस्तै सुनसरीको रामधुनी नगरपालिका ४ मानपुर बस्ने ३० वर्षका एक पुरुष खेतमा आली काट्दै गर्दा वर्षासँगै परेको चट्याङ लागेर घाईते भएर उपचारका लागि बिराट शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको छ भने रोल्पाको सुनछहारी गाउँपालिका ३ बाहिरी गाम दाङजा बस्ने २२ वर्षका एक महिला १४ वर्षको नन्दसँगै सुतिरहेको अवस्थामा चट्याङ लागेर २ जनाकै मृत्यु भएको छ ।