तनहुँका रञ्जिलाले ल्याइन् चार जिपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका रञ्जिलाले ल्याइन् चार जिपिए

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८१, बिहीबार

    दमाैली । तनहुँको भानु नगरपालिका–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदनकी छात्रा रञ्जिला क्षेत्रीले एसइई परीक्षामा चार जिपिए ल्याएकी छन् । देशभर एक सय ८६ परीक्षार्थीले चार जिपीए ल्याएकामा तनहुँबाट क्षेत्रीले मात्रै चार जिपिए प्राप्त गर्न सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ ।

    इकाई प्रमुख उद्धवराज कट्टेलले जिल्लामा चार जिपिए ल्याउने क्षेत्री मात्रै रहेको जानकारी दिए । यस वर्षको एसइई परीक्षामा जिल्लाबाट चार हजार तीन सय ६४ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये साधारणतर्फ पाँच हजार दुई सय ३१ र प्राविधिकतर्फ एक सय ३३ परीक्षार्थी सहभागी थिए ।

    सार्वजनिक नतिजा अनुसार साधारणतर्फ ११ कक्षा पढ्न पाउने गरी दुई हजार एक सय ७८ परीक्षार्थी उत्तीर्ण भएका छन् । प्राविधिकतर्फ ११ कक्षा पढ्न पाउने गरी ५४ जना उत्तीर्ण भएका छन् । कट्टेलले जिल्लामा ४२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको जानकारी दिए ।

    उनका अनुसार ३.६ देखि ४ सम्म जिपिए ल्याउने दुई सय ३६ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने सात सय सात जना, २.८ देखि ३.२ जिपिए ल्याउने आठ सय ८८ जना, २.४ देखि २.८ जिपिए ल्याउने तीन सय ८२ जना, २.० देखि २.४ जिपिए ल्याउने १८ जना, १.६ देखि २.० जिपिए ल्याउने एक जना रहेका छन् ।