एसईईको नतिजामा जनप्रतिनिधि, विद्यालय प्रशासन र विषय शिक्षक फेल भएका हुन् : शुक्र चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    एसईईको नतिजामा जनप्रतिनिधि, विद्यालय प्रशासन र विषय शिक्षक फेल भएका हुन् : शुक्र चुमान

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८१, शुक्रबार

    दमौली । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले एसईईको नतिजाले जनप्रतिनिधि, विद्यालय प्रशासन र विषय शिक्षक फेल भएको बताएका छन् । बिहीबार सार्वजनिक एसईई नतिजामा ऑबुखैरेनीका विद्यालयले राम्रो अङ्क नल्याएपछि चुमानले शुक्रबार सामाजिक सञ्जालमार्फत् यस्तो धारणा राखेका हुन् ।

    उनले भने, ‘यो वर्षको माध्यमिक शिक्षा परीक्षामा आँबुखैरेनी गाउँपालिका नराम्रोसँग फेल भएको छ । यो नतिजाको अनुत्तीर्णमा बच्चाहरुको नाम देखिपनि खास फेल चाहिँ हामी सरकारमा बसेर जिम्मेवारी लिने ठूला मान्छे पल्टिएकाहरु, केही हदसम्म विद्यालय प्रसाशन र विषय शिक्षक भएको जस्तो लाग्छ ।’

    चुमानले अहिलेको नतिजाले हाम्रो पछिल्लो दश वर्षको शिक्षामा गरेको लगानी, भौतिक निर्माण, पाठ्यक्रम अनुसारको सिकाइ वातावरण, कोरोना समयमा भएको सिकाइ क्षति, नसिके नि पास हुन्छ भन्ने मानसिकता आदि विषयमाथि गम्भीर समिक्षाको माग गरेको उल्लेख गरेका छन् ।

    उनले आँबुखैरेनी गाउपालिका पछिल्लो दुई वर्षदेखि शिक्षाको गुणस्तर फेर्न लागि परेको बताउँदै १-५ तहमा एक हदसम्म सफलता हासिल पनि गरेका दावी गरे । उनले भने, ‘अझै १/२ वर्षको एसईई नतिजा हाम्रो केही कठिन हुने अनुमान गरेका छौ । किनकि बच्चाको सिकाइस्तर निकै कमजोर छ । शिक्षा रातरात पूर्वाधारमा गरे जस्तो चमत्कार हुने विषय पनि होइन । यसले आधारदेखि सुधारको माग गर्छ । हामीलाई विश्वास छ अबको दोस्रो वा तेस्रो वर्षसम्ममा हामी उत्कृष्ट सहित पास हुनेछौ ।’