एसईई नतिजा : भानुको एक विद्यालयको नतिजा शुन्य, दुई भन्दा कम उत्तीर्ण हुने पॉच विद्यालय (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसईई नतिजा : भानुको एक विद्यालयको नतिजा शुन्य, दुई भन्दा कम उत्तीर्ण हुने पॉच विद्यालय (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८१, शुक्रबार

    दमौली । यस वर्षको एसईई नतिजामा तनहुँको भानु नगरपालिकास्थित एक विद्यालय शुन्य भएको छ । बिहीबार सार्वजनिक नतिजा अनुसार भानुको एक विद्यालयबाट कुनैपनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।

    त्यस्तै दुई भन्दा कम विद्यार्थी उत्तीर्ण हुने विद्यालय पॉच वटा रहेको छ ।

    भानु नगरपालिकास्थित आदर्श सरस्वती माविबाट परीक्षामा १४ परीक्षार्थी सहभागी रहेकामा कुनैपनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन् ।

    नगरपालिकाका २३ विद्यालयबाट पॉच सय ९४ परीक्षार्थी सहभागी भएकामा दुई सय ५४ मात्रै उत्तीर्ण भएका छन् ।