असार २९ गते प्रधानमन्त्री तनहुँ आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    असार २९ गते प्रधानमन्त्री तनहुँ आउने

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८१, शुक्रबार

    दमौली । असार २९ गते भानु जयन्तीको अवसरमा भानु जन्मस्थलमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् ।

    आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा हुने साहत्यिक कार्यक्रममा सहभागी हुन प्रचण्ड तनहुँ आउन लागेका हुन् ।

    समितिले शुक्रबार प्रचण्डलाई प्रमुख आतिथ्यताको निमन्त्रणा दिएको थियो । प्रधानमन्त्री प्रचण्डले उक्त कार्यक्रममा सहभागी हुने प्रतिबद्धता जनाएको विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए ।