केशवटारमा आरजे शाही फाउण्डेशनको निःशुल्क स्वास्थ्य शिविर : तीन सय ३३ लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केशवटारमा आरजे शाही फाउण्डेशनको निःशुल्क स्वास्थ्य शिविर : तीन सय ३३ लाभान्वित

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    दमौली । तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय ३३ जना लाभान्वित भएका छन् । बेलायतस्थित आरजे शाही फाउण्डेसनको आयोजना, व्यास नगरपालिका तथा वडा नम्बर १४ को सहकार्य तथा फिस्टेल हस्पिटल पोखराको सहयोगमा सञ्चालित शिविरमा तीन सय ३३ जनाको परीक्षण गरिएको हो ।

    शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परीक्षण गरि सम्बन्धित रोगको निशुल्क औषधि वितरण गरिएको थियो । शिविरबाट केशवटार, कुलुङ, ठिन, रामकोट लगायतका सर्वसाधारण लाभान्वित भएका छन् ।

    फिस्टेल हस्पिटल पोखराका अध्यक्ष हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.भोला श्रेष्ठको नेतृत्वमा आएका विशेषज्ञ टोली सहितको चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरिएको फाउण्डेसनका संस्थापक रजनजङ्ग शाहीले बताए ।

    शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.भोला, मुटु रोग सम्बन्धि डा.विश्व बराल, बाल रोग सम्बन्धि डा .दिलीप ओझा, महिला तथा स्त्रीरोग डा. पूर्णिमा गुरुङ, डा.एलिजा दुलाल, भुवन गिरि लगायतका चिकित्सकहरुले परीक्षण गरेका थिए ।

    यसअघि शिविरको उद्घाटन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि वडा—वडामा स्वास्थ्य परीक्षणको योजना बनाएको बताए । नगरपालिका महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति संवेदनशील रहेको चर्चा गर्दै न्यौपानेले विभिन्न सेवामूलक संस्थासँग सहकार्य गरि स्वास्थ्यका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।

    वडाध्यक्ष काजीमान श्रेष्ठले सबै नागरिकलाई सर्वसुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । फिष्टेल हस्पिटल पोखराका अध्यक्ष डा. भोला श्रेष्ठले आवश्यक परेको खण्डमा आगामी दिनमा पनि स्थानीय स्तरमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    फाउण्डेसनका तर्फबाट बोल्दै युवा अभिन्यता अपार पौडेलले जिल्लाको सामाजिक काममा आरजे शाही फाउण्डेसनले सधैं सहयोग गर्ने बताए ।

    फाउण्डेसनले हरेक वर्ष दुर्गम ठाउँमा स्वास्थ्य शिविर गर्ने र आर्थिक विपन्नताका कारण पढ्नपाठनमा समस्या भोग्दै आएका बालबालिकालाई सहयोग गर्ने संस्थापक शाहीले जानकारी दिए । साथै आवश्यकता अनुसार अन्य सामाजिक सेवा पनि गर्ने योजना रहेको शाहीको भनाइ छ ।