आर्थिक अभावमा थलिएकी गुरुङलाई तमु विद्यार्थी छोज धींको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आर्थिक अभावमा थलिएकी गुरुङलाई तमु विद्यार्थी छोज धींको सहयोग

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-१ बाख्रे निवासी सलिना गुरुङको उपचारका लागि तमु विद्यार्थी छोज धीं तनहुँ र व्यास नगर इकाईले आर्थिक सहयोग गरेका छन्।

    आन्द्राको समस्याबाट पीडित भई आर्थिक अभावमा उपचारका लागि समस्या भएपछि छोज धींले शनिबार १८ हजार दुई सय ५० सहयोग गरेको हो ।

    तमु विद्यार्थी छोज धींका अध्यक्ष मिलन गुरुङले सदस्यबाट रकम सङ्कलन गरी पीडितलाई सहयोग गरिएको जानकारी दिए ।