निर्मल मावि २०४५ एसएलसी समूहद्वारा राधाकृष्ण मन्दिरलाई ५१ हजार आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    निर्मल मावि २०४५ एसएलसी समूहद्वारा राधाकृष्ण मन्दिरलाई ५१ हजार आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालय २०४५ एसएलसी समूहले चारकुनेमा निर्माणधीन राधाकृष्ण मन्दिरलाई आर्थिक सहयोग गरेको छ
    । समूहका अध्यक्ष त्रिभुवन श्रेष्ठले मन्दिर निर्माण समितिका संयोजक भरत भण्डारी र
    नवसिर्जना महिला समूहकी अध्यक्ष शान्ता खवास, कोषाध्यक्ष पार्वती अधिकारीलाई
    संयुक्त रुपमा शनिबार ५१ हजार १४५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    श्रेष्ठले समूहले २०४५ सालको साथीबीच पुर्नमिलन,सामाजिक कार्यका लागि संगठन निर्माण, सामाजिक उत्तरदायित्व पूरा गर्ने लगायतका लक्ष्य लिएर अघि बढेको बताए ।

    यस अघि समूहले १०८ फिट अग्लो व्यास मूति निर्माण, दीर्घरोगीलाई सहयोग, मिर्गाैला, क्यान्सर पीडित, आर्थिक अभावमा उपचार गर्न नपाएका परिवारलाई आर्थिक सहयोग गर्दै आएको बताए ।