धान दिवसमा आँबुखैरेनीमा हिले महोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    धान दिवसमा आँबुखैरेनीमा हिले महोत्सव

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    दमाैली । राष्ट्रिय धान दिवसको अवसरमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा शनिबार हिले महोत्सव सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा ढापटारमा हिले महोत्सव आयोजना गरिएको हो ।

    हिले महोत्सवका अवसरमा आयोजित डोरी तान्ने प्रतियोगितामा पुरुषतर्फ एमजिर ग्रुप प्रथम र आँबुखैरेनी युवा क्लव द्वितीय भएको छ । महिलातर्फ अकला आमा समूह प्रथम र चण्डिभंगेरी आमा समूह द्वितीय भएको छ ।

    प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार ८१ र दोस्रो हुनेलाई रु दुई हजार पाँच सय ८१ प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिए ।

    यस्तै छिटाे धान राेप्ने कान्छी गुरुङ प्रथम भएकी छन् । त्यस्तै अम्बिका राना द्वितीय र कमला श्रेष्ठ तृतीय भइन् । विजयीहरुलाई क्रमशः रु एक हजार पाँच सय ८१, रु एक हजार ८१ र रु पाँच सय ८१ प्रदान गरिएको छ ।