लियाे क्लवद्वारा न्याैपाने र श्रेष्ठ सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लियाे क्लवद्वारा न्याैपाने र श्रेष्ठ सम्मानित

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८१, आईतवार

    दमाैली । लियाे क्लव अफ तनहुँले जिल्लाका दुई पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक कृष्ण न्यौपाने र खबरवाटिका डटकमका कार्यकारी सम्पादक किरण श्रेष्ठ रहेका छन् ।

    क्लवले गरेका विभिन्न सामाजिक गतिविधिलाई समाजमा चित्रण गराउन महत्वपूर्ण योगदान दिए बापत न्यौपाने र श्रेष्ठलाई दोसल्ला र प्रशंसापत्रले सम्मानित गरिएको हो ।

    व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, लायन्स क्लव अफ नेपाल डिष्ट्रिक्ट ३२५ एल नेपालका चिफ पिआरओ सुरेन्द्र पौडेल र लियाे क्लवकी अध्यक्ष बसन्ती थापा मगरले उनीहरुलाई सम्मान गरेका हुन् ।