एसईईको ग्रेडवृद्धिका लागि ऑबुखैरेनीले आवासीय सहित तयारी कक्षा सञ्चालन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    एसईईको ग्रेडवृद्धिका लागि ऑबुखैरेनीले आवासीय सहित तयारी कक्षा सञ्चालन गर्ने

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले एसईई परीक्षाको ग्रेडवृद्धिका लागि आवासीय सुविधा सहित तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिका अन्तर्गतका विद्यालयबाट एसईईमा अनुत्तीर्ण विद्यार्थीका लागि ग्रेडवृद्धिमा सहभागी हुन पालिकाले आवासीय सुविधासहितको तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    असार १८ गतेेबाट रामशाह मावि र मित्रता माविमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसका लागि शिक्षकहरुले सकेको सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    उनले भने, ‘गाउँपालिकाको आर्थिक व्यवस्थापनमा परीक्षा तयारीका लागि कक्षा चलाउँछौ । त्यसका लागि शिक्षकहरुले सबैखाले सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।’

    गाउँपालिका अन्तर्गतका दश विद्यालयमध्ये दुई विद्यालयको नतिजा निल छ । छिम्केश्वरी मावि र कन्यादेवी माविका सबै विद्यार्थी एसईईमा अनुत्तीर्ण भएका छन् ।

    कूल चार सय ३३ विद्यार्थीमध्ये ३.६-४ जिपिए ल्याउने १६, ३.२-३.६ जिपिए ल्याउने ४५, २.८-३.२ जिपिए ल्याउने ५२, २.४-२.८ जिपिए ल्याउने ३६ र २.०-२.४ जिपिए ल्याउने २ विद्यार्थी छन् ।