व्यासमा नाम चलेका विद्यालयको एसईई नतिजा कमजोर (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा नाम चलेका विद्यालयको एसईई नतिजा कमजोर (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    दमौली । व्यास नगरपालिकामा नाम चलेकै विद्यालयमा एसईईको नतिजा कमजोर आएको छ । विगतका वर्षमा राम्रो नतिजा ल्याएका विद्यालयको नतिजा यस वर्ष खस्किएको छ ।

    दमौलीमा राम्रोमध्येको सत्यवती माविको नतिजा ह्वात्तै खस्किएको छ । सत्यवतीबाट ५८.१९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । सत्यवतीबाट २९९ विद्यार्थी परीक्षामा सहभागी भएकामा १७४ उत्तीर्ण भएका छन् ।

    यस्तै निर्मल माविबाट ४६.०५, जलदेवी माविबाट ३२.१४, महर्षि संस्कृत माविबाट २१.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।