वरिष्ठ अधिवक्ता वाग्लेप्रति गरिएको दुव्र्यवहारको तनहुँ बारद्वारा निन्दा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वरिष्ठ अधिवक्ता वाग्लेप्रति गरिएको दुव्र्यवहारको तनहुँ बारद्वारा निन्दा

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    दमाैली । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेलाई उच्च अदालत पोखरामा विपक्षी समूहले गरेको दुव्र्यवहारप्रति तनहुँ जिल्ला अदालत बार इकाइले निन्दा गरेको छ।

    न्याय सम्पादनको शिलशिलामा गत असार १३ गते तनहुँ बारमा आबद्ध पूर्व अध्यक्ष, वरिष्ठ अधिवक्ता वाग्लेलाई कार्यालयभित्रै विपक्षीको समूहले हुलहुज्ज्त गरी न्याय सम्पादनमा प्रभाव पार्न खोजेको तथा अपमानजनक, अशोभनीय अभद्र व्यवहार प्रदर्शन गरिएको बार इकाइले जनाएको छ ।

    तनहुँ बारका अध्यक्ष डम्बरदेव हड्खले र सचिव हरिमान श्रेष्ठले सोमबार विज्ञप्ती जारी गरी उक्त दुव्र्यवहारप्रति खेद व्यक्त गरेका छन् ।