अकलालाई हराउँदै तनहुँ जिल्ला लिगको उपाधि हैरान्स क्लवले जित्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अकलालाई हराउँदै तनहुँ जिल्ला लिगको उपाधि हैरान्स क्लवले जित्याे

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको जिल्ला लिगको उपाधि दमौलीस्थित हैरान्स क्लवले जितेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा आँबुखैरेनीको अकला युवा क्लवलाई पराजित गर्दै हैरान्सले उपाधि जितेको हो ।

    हैरान्स क्लवले अकलालाई २–० ले हराएको छ । पहिलो हाफमा एक गोल गरेको हैरान्सले दोस्रो हाफमा थप एक गोल गर्दै जित निश्चित गरेको हो ।

    उपाधिसँगै विजेता हैरान्स क्लवले रु एक लाख नगदका साथै ट्रफी प्राप्त गरेको छ । उपविजेता अकला युवा क्लवले रु ५० हजार नगद र ट्रफी प्राप्त गरेको छ ।