पत्रकार महासङ्घ तनहुँद्वारा न्यौपाने सहित सात पत्रकार पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार महासङ्घ तनहुँद्वारा न्यौपाने सहित सात पत्रकार पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८१, मंगलवार

    दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्लाका क्रियाशील सात पत्रकारलाई पुरस्कृत गरेको छ । महासङ्घले मंगलबार यहाँ आयोजना गरेको साधारणसभाका अवसरमा विभिन्न पत्रकारिता पुरस्कारबाट सात जना पत्रकार पुरस्कृत गरेको हो ।

    पुरस्कृत हुनेहरुमा पत्रकार महासङ्घका पूर्व सहसचिव एवं खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक कृष्ण न्यौपाने सहित सात जना क्रियाशील पत्रकार छन् ।

    प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार न्यौपानेलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

    मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेललाई प्रदान गरिएको छ । भाग्यशाला ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार मदन वाग्ले, सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार रामबहादुर घले, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार अन्जना तिमल्सेना, उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार राजीवलाल श्रेष्ठ र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कार सम्झना रसाइलीलाई प्रदान गरिएको  छ । सुरज गुरुङ स्मृति पुरस्कारको राशी रु पाँच हजार र अन्य सबै पुरस्कारको राशी रु दश हजार रहेको छ ।

    महासङ्घले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्दै आएको शाखा अध्यक्ष उज्वल पौडेलले जानकारी दिए ।