जिल्लाका सरकारी निकायको विज्ञापन एकद्वारबाट वितरण गर्न पत्रकार महासंघ तनहुँको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्लाका सरकारी निकायको विज्ञापन एकद्वारबाट वितरण गर्न पत्रकार महासंघ तनहुँको माग

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८१, मंगलवार

    दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्लाका सरकारी निकायबाट उपलब्ध गरिने विज्ञापन एकद्वार प्रणालीबाट गर्न माग गरिएको छ । शाखाको मंगलबार सम्पन्न १४ औं साधारणसभाले नौ बुँदे घोषणापत्र सार्वजनिक गर्दै जिल्लास्थित स्थानीय तह र सरकारी कार्यालयबाट उपलब्ध हुने विज्ञापन जिल्लाकै सञ्चारमाध्यममा उपलब्ध हुने गरी एकद्वार प्रणालीबाट लागु गर्न माग गरेको हो ।

    घोषणापत्रमा पत्रकारिता पेशाको पेशागत सुदृढीकरण, शुद्धिकरण र सुरक्षाको ग्यारेण्टी गर्न माग गरिएको छ । त्यस्तै शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी, निजी तथा नागरिक सङ्घसङ्गठनसँग सहयोगका लागि अपिल गरिएको छ ।

    यस्तै नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको बैठक तनहुँका दश वटै स्थानीय तहको समन्वय र सहकार्यमा पालैपालो आयोजना गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

    घोषणापत्रमा निर्माणाधीन पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक र तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । यसैगरी नजिकिदै गइरहेको मनसुन र मनसुनजन्य विपद्बाट जिल्लामा हुन सक्ने बाढीपहिरोको क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई हार्दिक अनुरोध गरिएको छ ।