पत्रकार महासङ्घ तनहुँकाे साधारणसभा सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार महासङ्घ तनहुँकाे साधारणसभा सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८१, मंगलवार

    दमाैली । नेपाल पत्रकार महासङ्घ तनहुँकाे चाैधाै साधारणसभा मङ्गलबार सम्पन्न भएकाे छ । साधारणसभाकाे गण्डकी प्रदेशका उर्जामन्त्री फणिन्द्र देवकाेटाले उद्घाटन गरेका छन् ।

    साे अवसरमा उनले देश विकासका लागि पत्रकारहरले कलम चलाउनुपर्ने बताए । मन्त्री देवकोटाले देश बर्बाद भयो भन्ने भाष्य निर्माण गर्न खोजिएकाले त्यसलाई चिर्न पत्रकारहरुले कलम चलाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

    उनले भने, “सबैतिर बर्बाद भयो भन्ने भाष्यलाई चिर्न पत्रकारहरुले कलम चलाउनुपर्छ । देशको भविष्य छ, देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन जरुरी छ ।”

    गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले देश विकासका लागि पत्रकारले कलम चलाउनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पत्रकारले नकारात्मक मात्रै नभई सकारात्मक विषयको उठान गर्नुपर्ने बताए ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले देशमा भएका हरेक आन्दोलनमा पत्रकार जगतको भूमिका महत्वपूर्ण रहेको बताए।

    शाखाका अध्यक्ष उज्वल पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका सचिव लक्ष्मीभक्त खनाल, नेकपा एमालेका सचिव प्रदीपराज अधिकारी, माओवादी केन्द्रका नेता अतिन्द्रकेशरी न्याैपाने लगायतले बाेलेका थिए ।